+
+

तराई संयुक्त जनक्रान्ति पार्टीले सरकारलाई हतियार बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १३:२९

२३ असोज, जनकपुरधाम । हतियारको राजनीति छाडेर शान्तिपूर्ण आन्दोलनमा आएको तराई संयुक्त जनक्रान्ति पार्टी नेपालले सरकारलाई हतियार बुझाउने भएको छ ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत रहेको प्रारम्भिक वार्ता उपसमितिसित भएको वार्ताअनुसार पार्टीले सरकारसमक्ष हतियार बुझाउने भएको हो ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अनुराग समूहका संयोजक भुवनेश्वर मण्डलले देशका विभिन्न कारागारमा रहेका करिब १५ जना बन्दी कार्यकर्तालाई सम्झौताअनुरुप सरकारले रिहा गर्नुपर्ने माग गरे ।

कति हतियार छ भन्नेबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा पार्टीका पूर्व संयोजक गजेन्द्र मण्डल अनुरागले हतियारको सङ्ख्या खुलाउन चाहेनन् । उनले भएका हतियार यसै महिनाभित्र सरकारसमक्ष हतियार व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?