0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

राष्ट्रपति कार्यालयअघि पुगेका प्रदर्शनकारीमाथि बल प्रयोग, दुई घाइते

शपथग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह आउनुअघि आफूमाथि बल प्रयोग गरेको उनीहरूले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १८:५०

२६ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका महिलामाथि प्रहरीले बल प्रयोग गर्दा दुई जना घाइते भएका छन् ।

प्रहरीको बल प्रयोगबाट अञ्जना श्रेष्ठ र देवसरा भण्डारी घाइते प्रदर्शनकारीहरूले जनाएका छन् ।

उनीहरू दुवै जना बेहोस भएपछि टिचिङ अस्पताल भर्ना गरिएको छ ।

पछिल्ला समयका विभिन्न प्रदर्शनमा सहभागी जेनजी युवाहरूलाई झुटा मुद्दा लगाएर थुनेको भन्दै उनका अभिभावकहरू मंगलबार शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

त्यहाँ नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको शपथग्रहणको कार्यक्रम थियो । प्रहरीको एक समूहले तोकिदिएकै ठाउँमा आफूहरू प्लेकार्ड लिएर शान्तपूर्वक बसिरहेका बेला प्रहरीको अर्का समूह आएर आक्रमण गरेको प्रदर्शनकारीहरूले बताएका छन् ।

शपथग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह आउनुअघि आफूमाथि बल प्रयोग गरेको उनीहरूले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?