+
+

दाङ र सल्यानमा लक्ष्मी बैंकका दुर्इ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १७:४४

laxmi-bank-ltd.२३ असोज काठमाडौं । लक्ष्मी बैंकले दाङको घोराही र सल्यानको श्रीनगरमा शााखा स्थापना गरेको छ । विस्तारित नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा दिने बैंकले जनाएको छ ।

ग्रामीण तथा शहरोन्मूख क्षेत्रका ग्राहकलाई लक्षित गर्दै सो स्थानमा शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

यी दुई शाखा सञ्चालनमा आएसँगै बैंकका कूल शाखा संख्या ३७ पुगेको छ । त्यसैगरी दुईवटा एक्सटेन्सन काउन्टर र ५० एटीएम छन् ।

सन २००२ मा स्थापना भएको यो बैंकले  देशका विभिन्न २२ शहरमा शाखा विस्तार गरिसकेको छ । पाँच सयभन्दा बढीलाई रोजगारी दिएको छ ।

गत आर्थिक वर्षमा ३४ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको बैंकले २३ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?