+
+
Shares

मधेश प्रदेश सभाको अवरोध हट्यो, विनियोजन विधेयक प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले आज प्रदेशसभामा विनियोजन विधेयक २०८३ प्रस्तुत गरेको छ।
  • प्रतिपक्षी दलहरूको अवरोधका कारण रोकिएको विधेयक कार्यदल गठन भएसँगै सदनमा पेश भएको हो।
  • प्रदेशसभाको अर्को बैठक आगामी ३० असार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

२८ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत भएको छ ।

प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन ।

विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।

प्रदेशसभाको अर्को बैठक ३० असार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?