+
+
Shares

बझाङ जिप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङको सुंगुरेमा शनिबार भएको जीप दुर्घटनाका गम्भीर घाइते ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
  • उद्धार गरिएकामध्ये ३ महिला र २ पुरुषलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
  • अझ गम्भीर अवस्थाका २ जनालाई सेनाको हेलिकप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

२८ असार, काठमाडौं । बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।

सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएको छ ।

यसरी उद्धार गरिएकामध्ये अझ गम्भीर २ जनाको सेनाकै हेलिकप्टरमा सुर्खेत ल्याइएको थियो ।

त्यहाँबाट स्काई ट्रकमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । एक बिरामी बालिकाको भने सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?