News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि कर्णाली शिवराजले अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
- आगामी भदौमा आयोजना हुने पुरुष फ्रेन्चाइज लिगका लागि कर्णाली शिवराजले आफ्नो तयारी तीव्र पारेको छ ।
- राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने यस प्रतियोगितामा कर्णाली शिवराजसहित ६ वटा सहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
२८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले आफ्नो मुख्य प्रशिक्षक घोषणा गरेको छ ।
कर्णाली शिवराजले नेपाली भलिबल क्षेत्रका अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई आगामी सिजनका लागि टोलीको मुख्य रणनीतिकारको जिम्मेवारी सुम्पिएको हो ।
आगामी भदौमा आयोजना हुन लागेको यस ऐतिहासिक पुरुष फ्रेन्चाइज लिगका लागि कर्णाली शिवराजले आफ्नो तयारीलाई तीव्र बनाएको छ । सोही तयारी स्वरूप आज आधिकारिक रूपमा मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरिएको हो ।
अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरले अब कर्णाली शिवराजको प्राविधिक र रणनीतिक कमान्ड सम्हाल्ने बताइएको छ ।
महिला भलिबलतर्फ ‘कर्णाली यशभिस’ले लगातार दुई पटक उपाधि जितेर बनाएको विरासतलाई अब पुरुष टोली ‘कर्णाली शिवराज’मार्फत पनि निरन्तरता दिने क्लबको लक्ष्य छ ।
मुख्य प्रशिक्षकको चयनसँगै टोलीले अब खेलाडीहरूको अक्सन र बन्द प्रशिक्षणको तयारी सुरु गर्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने यस प्रतियोगितामा कर्णाली शिवराजसहित ६ वटा सहरका फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4