+

यू–१९ महिला प्रिमियर कप : लगातार दोस्रो जितसहित नेपाल क्वाटरफाइनल नजिक

२०८३ असार  २८ गते १०:३३ २०८३ असार २८ गते १०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
  • नेपालले दिएको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ४८ रनमात्र बनाउन सकेको छ ।
  • ब्याटिङतर्फ सना प्रवीणले अविजित ९८ र साबित्री धामीले ७४ रन बनाएपछि नेपालले क्वाटरफाइनलको यात्रा बलियो बनाएको छ ।

२८ असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलको नजिक पुगेको छ ।

समूह ‘डी’ अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि १५१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।

नेपालले दिएको २०० रनको बलियो लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभरमा ८ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो । अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन् ।

नेपालका लागि अनु कडायतले ४ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइक १९९ रन बनाएको थियो । ओपनर सना प्रवीणले सर्वाधिक ९८ रन बनाए अविजित रहिन् भने अर्की ओपनर साबित्री धामीले ७४ रन बनाइन् ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्नेछ । हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको छ भने कतारले हङकङलाई पराजित गरेको छ ।

एसीसी यू–१९ महिला प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय