News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लामिछानेको निवासमा चार घण्टाभन्दा बढी समय छलफल भएको छ।
- प्रधानमन्त्री शाह बिहान सवा ११ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए भने दिउँसो सवा ३ बजेमात्रै त्यहाँबाट बाहिरिएका छन्।
- दुवैजनाबीच भएको लामो छलफललाई निकै अर्थपूर्ण मानिएको छ।
२८ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास पुगेका थिए ।
बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका थिए ।
‘समसामयिक राजनीतिकको विषयमा उहाँहरूबीच छलफल भयो,’ स्रोतले भन्यो ।
उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ । हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने यसअघि नै सहमति भइसकेको छ ।
प्रतिक्रिया 4