+

नेपाल भलिबल लिगका ६ वटै टोलीको मुख्य प्रशिक्षक नियुक्त

२०८३ असार  २८ गते १९:२२ २०८३ असार २८ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि ६ वटै फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरू औपचारिक रूपमा नियुक्त भएका छन् ।
  • काठमाडौंमा सम्पन्न प्रक्रियाबाट उत्सव खड्का, भारत यादव, निपा बहादुर बिक, रमेश केसी, चन्द्रबहादुर कुँवर र रुपेश कुमार बिष्ट प्रशिक्षक बनेका छन् ।
  • आयोजकले नेपाली भलिबललाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित निष्पक्ष र पारदर्शी विधिबाट प्रशिक्षकहरूको बाँडफाँड गरेको जनाएको छ ।

२८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

लिगले आइतबार काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो ।

नेपाल भलिबल संघको समन्वय र लिगको नियमावलीअनुसार निष्पक्ष, पारदर्शी तथा सहमतिका आधारमा प्रशिक्षक बाँडफाँड गरिएको आयोजकले जनाएको छ । प्रक्रियामा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिले बाँडफाँडमा सहमति जनाउँदै हस्ताक्षरसमेत गरेका छन् ।

बाँडफाँडअनुसार सगरमाथा स्म्यासर्सको मुख्य प्रशिक्षकमा उत्सव खड्का नियुक्त भएका छन् । मधेश वारियर्सको जिम्मेवारी भारत यादवले पाउँदा काठमाडौं रेड्सको मुख्य प्रशिक्षक निपा बहादुर बिक बनेका छन् ।

यस्तै, अन्नपूर्ण स्पाइकर किंग्सको मुख्य प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र खप्तड फाल्कन्सको मुख्य प्रशिक्षकमा रुपेश कुमार बिष्ट नियुक्त भएका छन् ।

नेपाल भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । लिगले नेपाली भलिबलको विकासका लागि सबै सरोकारवालाको निरन्तर सहयोग र साथप्रति आभारसमेत व्यक्त गरेको छ ।

एनभीएल नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय