+
+
Shares

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह 

सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना साझा नगर्न र सरकारी निकायले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन पनि दूतावासले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्थाका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
  • दूतावासले हवाई आक्रमण वा प्रतिरक्षा गतिविधिका तस्विर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ ।
  • कुनै शंकास्पद वस्तु नजिक नजान र साइरन बजे सुरक्षित भवनभित्र आश्रय लिन दूतावासले नेपाली समुदायलाई निर्देशन दिएको छ ।

२८ असार, काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले कुवेत तथा इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्था ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचना मार्फत कुवेत र इराकका आधिकारिक निकायबाट जारी हुने निर्देशन तथा सूचना पूर्णपालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको हो ।

साथै, सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना साझा नगर्न र सरकारी निकायले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरिएको छ ।

दूतावासले आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्विर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ । यस्ता विषयमा कुवेत सरकारले जारी गरेका नियम तथा निर्देशन पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी, कुनै पनि शंकास्पद वा अपरिचित वस्तुको नजिक नजान तथा साइरन बजे बाहिर रहेका व्यक्तिले नजिकको भवनभित्र आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न दूतावासले आग्रह गरेको छ । यद्यपि, सिसा भएका झ्याल वा बार्दली नजिक भने नबस्न सचेत गराइएको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर सेवा वा अन्य सहयोग आवश्यक परे नेपाली दूतावाससँग सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?