News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण न्यूरो अस्पतालले अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको सोमबार जानकारी दिएको छ ।
- मस्तिष्कको ट्युमर सफल शल्यक्रियापछि दीपाश्रीको अवस्था सामान्य रहेको र उहाँलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
- गत २३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको टोलीले अभिनेत्री निरौलाको मस्तिष्कको ट्युमर शल्यक्रियामार्फत पूर्णरूपमा हटाएको थियो ।
काठमाडौं । अन्नपूर्ण न्यूरो अस्पतालले अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै केही दिन अस्पतालमा राखेर विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा आवश्यक उपचार प्रदान गरिने जनाएको छ ।
दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर पूर्णरुपमा निकालिएको जनाउँदै अस्पतालले शल्यक्रियापछि कुनै किसिमको समस्या नदेखिएको जनाएको छ । ट्युमरको किसिम र पछि थप गर्नुपर्ने उपचारको सम्बन्धमा परिवारलाई अवगत गराउने जनाएको छ ।
स्वदेशकै स्वास्थ्य सेवाप्रति विश्वास व्यक्त गरेकोमा अस्पतालले आभार समेत व्यक्त गरेको छ । २३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वको चिकित्सकीय टोलीले दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4