News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
- राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।
- पीडित पक्ष र सरकारबीच आइतबार नौ बुँदे सहमति भएपछि मात्र शवको अन्तिम संस्कार गरिएको हो।
२९ असार, काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।
उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याइएको थियो ।
पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4