२९ असार, काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए २७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ मोडेल किफायती मूल्यमा प्रिमियम एआई सुविधा, भरपर्दो कार्यसम्पादन, उच्च सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउँदै लोकप्रिय ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गरिएको छ ।
सामसङ नेपाल एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी ए २७ फाइभजीले दैनिक प्रयोगका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्नुका साथै एआई प्रविधिको प्रयोगलाई थप सहज बनाउनेछ।
साथै २४ महिनासम्मको ईएमआई सुविधाले ग्राहकलाई अत्याधुनिक प्रविधि सहज किस्ताबन्दीमा उपलब्ध गराउने उनको भनाइ छ । ग्यालेक्सी ए २७ फाइभजीमा ७.८ एमएम स्लिम डिजाइन, ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले तथा १२० हर्जसम्मको रिफ्रेस रेट दिइएको छ। यो लाइट ग्रिन, लाइट पिङ्क र ब्ल्याक रङमा उपलब्ध हुनेछ।
फोनमा ४ एनएम स्न्यापड्रागन ६ जेन ३ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। यसले एप परिवर्तन, भिडियो स्ट्रिमिङ तथा एआई एप्लिकेसन सञ्चालनका क्रममा सहज र भरपर्दो कार्यसम्पादन दिने कम्पनीको दाबी छ।
यसमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा समावेश गरिएको छ, जसले मिटिङ, लेक्चर वा अन्य कुराकानीलाई सहज रूपमा रेकर्ड गर्न मद्दत गर्छ। ५० एमपी ओआईएस वाइड, ५ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, १२ एमपी फ्रन्ट क्यामेरा यसमा रहेको छ ।
६ जीबी तथा १२८ जीबी र ८ जीबी तथा ५१२ जीबी मेमोरी स्टोरेज उपलब्ध गराइएको छ । ५,००० एमएएच ब्याट्री राखिएको छ । कम्पनीका अनुसार ८ जीबी ५१२ जीबी भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ६ जीबी १२८ जीबीको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी फोन किस्ताबन्दी सुविधामा पनि किन्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4