२९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज भएर आवत–जावत गर्ने जहाजबाट अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लिने घोषणा गरेका छन् । सोमबार ट्रम्पले ट्रूथमार्फत इरानी बन्दरगाहहरूमाथि नाकाबन्दीको घोषणा गर्दै होर्मुजमा भने अमेरिकाले शुल्क लिने घोषणा गरेका हुन् ।
ट्रम्पले यो घोषणामा होर्मुज स्ट्रेटको व्यवस्थापनको जिम्मेवारीमा इरानको शीर्ष सैन्य मुख्यालय ‘खात्म अल–अन्बिया’लाई हस्तक्षेप गर्न नदिने पनि बताएका छन् ।
‘होर्मुज स्ट्रेट खुला छ र इरानको साथमा वा उसको साथबिना खुला रहनेछ,’ ट्रम्पले भनेका छन्, ‘हामी इरानी नाकाबन्दी पुन: लागु गर्दैछौं । यसलाई यो नाम दिनुको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजको आवत–जावत रोक्नु हो ।’
ट्रम्पले बाँकी अन्य सबै देशहरूका लागि उक्त जलमार्ग निष्पक्ष र खुला प्रयोगको अनुमति दिइने बताएका छन् । ‘अबदेखि संयुक्त राज्य अमेरिकालाई होर्मुज स्ट्रेटको संरक्षक भनिनेछ । र, निष्पक्षताका आधारमा, यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै लागतहरू पूरा गर्न यस जलमार्गबाट ढुवानी गरिने प्रत्येक कार्गोमा २० प्रतिशत शुल्क लगाइनेछ,’ ट्रम्पले भनेका छन् ।
यो व्यवस्था तुरुन्तै लागु हुने उनले बताएका छन् ।
प्रतिक्रिया 4