+
+
Shares

बुटवलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ७:३४

३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

होराइजोन चोकबाट तिनकुने तर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति १२:१५ बजे पल्टिएको थियो ।

दुर्घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?