News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाका मुख्य नाकाहरूबाट सवारी साधनको आवागमन आज बिहानबाट सुचारु गरिएको छ ।
- वर्षाका कारण जोखिम बढेपछि हिजो रोकिएका सवारी साधनहरूलाई अहिले गन्तव्यतर्फ पठाइएको छ ।
- नागढुंगा र साँगा लगायतका नाकामा सवारी चाप बढेको छ भने भट्टेडाँडा बाहेक अन्य स्थानमा आवागमन सामान्य छ ।
३० असार, काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नाकाहरुबाट सवारी साधनको आउ–जाउ खुला गरिएको छ ।
वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ ।
ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडामा बाहेक अन्य स्थानमा सवारी आवागमन जारी छ । ठाउँठाउँमा ट्राफिक प्रहरीहरु खटिएर सवारी साधनहरुलाई गन्तव्यमा पठाइरहेका छन् ।
मुग्लिङ-नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस् नागढुंगा क्षेत्रको तस्वीर –



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4