+
+
Shares

गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार सबै प्रकारका गोलभेँडाको थोक मूल्यमा गिरावट आएको छ।
  • स्थानीय बजारमा सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो दुई रुपैयाँले घटेर ६ रुपैयाँमा झरेको छ।
  • ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ३३ रुपैयाँ र टनेलको गोलभेँडा १३ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

३० असार, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो ।

तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएकोमा आज २ रुपैयाँ घटेर ६ रुपैयाँमा झरेको छ।

त्यस्तै नेपाली ठूलो गोलभेँडा आज मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?