News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुनः जारी गर्ने भएको छ।
- ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ नाम दिइएको उक्त ऋणपत्रको अवधि एक वर्ष तोकिएको छ।
- बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि बोलकबोलमार्फत ऋणपत्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
३० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार पनि १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । अघिल्लो दिन पनि सोही रकम बराबरको ऋणपत्र जारी गरेको थियो।
१ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ ।
२०८४ असार ३० गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4