+
+
Shares

राज्य संकटमा छ, सबै दल एकजुट बनेर राष्ट्रिय मुद्दा तय गरौं : अमरेश कुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद अमरेशकुमार सिंहले राज्य संकटमा परेको र जनतामा नैराश्यता बढेकाले सबै दल एकजुट हुन आग्रह गरेका छन् ।
  • उनले संसद्मा उपस्थित सबै दललाई एकताबद्ध गर्दै राष्ट्रिय मुद्दा तय गरेर अगाडि बढ्न सभामुखमार्फत सरकारलाई विशेष अनुरोध गरेका छन् ।
  • सिंहले भने, ‘हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ’ भन्दै संसद्लाई घोचपेचको थलो नबनाउन आग्रह गरे ।

३० असार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ ।

‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् ।

साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे ।

‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔं । राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला । जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौंला । आज देशमाथि संकट छ । आज नागरिकमा निराशा छ, निराशा नबाडौं ।’

उनले यसैहप्ता आत्मदाह प्रयास गरेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?