News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभामा १०/१५ दिनमै रोपाइँ शुरू हुने भएकाले सरकारलाई तत्काल पर्याप्त रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
- उनले चिनी मिल र सरकारले उखु किसानलाई तिर्न बाँकी रहेको भुक्तानी रकम तत्काल उपलब्ध गराउनसमेत आग्रह गरे ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’
साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् ।
उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4