+
+
Shares

गुल्मीमा बाढीले ट्याक्टर र मोटरसाइकल बगायो, चालक सकुशल

अनिल खत्री अनिल खत्री
२०८३ असार ३० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी र मालिका गाउँपालिकामा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ ।
  • कालीगण्डकी गाउँपालिका–४ को पातुखोलामा फसेका ट्याक्टर चालक खेमबहादुर मगरलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
  • मालिका गाउँपालिका–७ को टुनीखोलामा मोटरसाइकल बगाए पनि चालक सुनील दर्जी सुरक्षित रहेका छन् भने घटनामा कुनै मानवीय क्षति भएको छैन ।

३० असार, गुल्मी । अविरल वर्षापछि गुल्मीका विभिन्न स्थानमा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ । दुवै सवारीका चालक भने सकुशल रहेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित पातुखोलामा पानीको बहाव बढ्दा कालीगण्डकी गाउँपालिका–२ निवासी २४ वर्षीय खेमबहादुर मगरले चलाएको लु ४ त ४४२३ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा बीच भागमै फसेको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको टोलीले चालकको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

यस्तै, मालिका गाउँपालिका–७ टुनीखोलामा माथिबाट आएको लेदोसहितको बाढीले लु ७२ प ९९७१ नम्बरको मोटरसाइकल करिब ५०० मिटर तल बगाएको थियो । मोटरसाइकल चालक मालिका गाउँपालिका–५ निवासी २४ वर्षीय सुनील दर्जी भने सुरक्षित रहेका छन् ।

दुवै घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?