News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषय उठाउँदा सरकारले तर्साउने गरेको भन्दै व्यङ्ग्य गरेका छन् ।
- लेखा समितिको बैठकमा उनले भने, 'जनताले उठाएको विषय बोल्दा घरमा गाडी तेर्स्याउन आउने हुन् कि भन्ने डर उत्पन्न भएको छ ।'
- नेता पुनले लोकतन्त्रमा स्वतन्त्रता सुनिश्चित हुनुपर्ने र यस्तो प्रवृत्ति मौलाउनु लोकतन्त्रका लागि डरलाग्दो विषय भएको बताएका छन् ।
३० असार, काठमाडौं । नेकपाका नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हुन कि भन्ने डर उत्पन्न भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन् ।
लेखा समितिको आजको बैठकमा पासपोर्ट ठेक्का विवादबारे बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताले उठाएको विषय बोल्नुपर्ने हुन्छ, त्यसक्रममा संविधानका मर्यादा र कार्यक्षेत्र पनि हेर्नुपर्ने हुन्छ, त्यसो नगरे लोकतान्त्रिक संस्था मजबुत हुँदैनन्,’ उनले भने ।
उनले सोही विषयमा बोलेबापत घरमा गाडी तेर्सिन आउने हुन् कि भन्दै व्यङ्ग्य गरे । यसले लोकतन्त्र सीमित हँुदै आएको उनले बताए । उनले यो विषय आज कसलाई पर्यो भन्दा पनि यो प्रवृत्ति मौलाउने विषय सबैभन्दा डरलाग्दो विषय भएको बताए ।
लोकतन्त्रमा बोल्ने कुरा, स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने विषय सुनिश्चित गर्नुपर्ने उनले बताए । पावरका कुरा सधैं एउटैसँग नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4