0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रियाबारे कर प्रणालीको पारदर्शिता, नीतिगत स्थिरता र भन्सार व्यवस्थापन सुधारको विषय प्रमुख रूपमा उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको भन्सार जाँचपास र करको दर पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भएको छ ।
  • सांसद गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई दिइएको कर छुटको विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरे ।
  • बैठकमा सांसदहरूले भन्सार छली नियन्त्रण, पारदर्शी कर प्रणाली र भन्सार पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिए ।

२८ जेठ, काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रियाबारे कर प्रणालीको पारदर्शिता, नीतिगत स्थिरता र भन्सार व्यवस्थापन सुधारको विषय प्रमुख रूपमा उठेको छ ।

समिति सदस्यहरूले ती इभीको भन्सार जाँचपास र करका दर परिवर्तनदेखि भन्सार मूल्याङ्कन प्रक्रियासम्मका विषय पुनरावलोकन आवश्यक भएकामा जोड दिए । उनीहरूले भन्सार व्यवस्थापन तथा सुधारका निम्ति विविध सुझाव प्रस्तुत गरे ।

सांसद आरेन राईले विद्युतीय सवारी साधनमा भएका करसम्बन्धी व्यवस्थाबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताए । सांसद बुद्ध रत्न महर्जनले जनतामाथि करको भार मात्र थोपरेर मुलुकको समृद्धि सम्भव नहुने विचार व्यक्त गरे ।

यसैगरी, सांसद महेन्द्रबहादुर शाहीले व्यवसायमा पारदर्शिता महत्वपूर्ण हुने भएकाले भन्सार पूर्वाधार सुधारलगायत विषयमा ध्यान दिन आग्रह गरे ।

सांसद यज्ञबहादुर बोगटीले भन्सार कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए भने अर्का सदस्य गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई कर छुट दिइएको विषयमा संसदीय छानबिन आवश्यक रहेको बताए ।

सांसद रुकेश रञ्जितले कर नीति व्यवसायमैत्री हुनुपर्ने बताए । सांसद विक्रम थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सांसद गोविन्द पन्थीले भन्सार छली नियन्त्रणका लागि नियमित अनुगमन र बलियो संरचना आवश्यक रहेको उल्लेख गरे । सांसद मनिष झाले आयात–निर्यात हुने वस्तुहरूको जाँच, कर निर्धारण तथा महसुल असुली व्यवस्थित हुनुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?