News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारीसहित कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ।
- सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले संस्कृति, पर्यटन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिनुभयो।
- मन्त्रिपरिषद्को निर्णयअनुसार श्रेष्ठले अब निगमको सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धक दुवै पदको कार्यभार सम्हाल्नुहुनेछ।
३० असार, काठमाडौं । सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगम (नेवानि)को महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
संस्कृति, पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको उनले बताए ।
‘नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया 4