+
+
Shares

नक्कली शरणार्थी प्रकरण : ५ जनालाई एक-एक वर्ष कैद, १०-१० हजार जरिबाना

१ वर्ष कैद सजाय निर्धारण हुनेमा शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पाँच जनालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ ।
  • न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका आरोपितहरूलाई उक्त सजाय सुनाएको हो ।
  • अदालतले शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।

३० असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।

जसमध्ये अदालतले ५ जनालाई १ वर्ष कैद सजाय निर्धारण गरेको छ भने उनीहरूलाई १० हजार रुपैयाँ जरिबाना समेत तोकेको छ ।

१ वर्ष कैद सजाय निर्धारण हुनेमा शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?