+
+
Shares
नक्कली शरणार्थी प्रकरण :

छुट्टाछुट्टै कसुरमा फरक सजाय, कसरी हुन्छ कार्यान्वयन ?

उनका अनुसार सजाय कार्यान्वयन गर्दा भने सबैभन्दा बढी कसुर ठहर भएको कैद सजायमा अरु कैद एकसाथ कार्यान्वयन हुन्छ । बिगो र जरिवाना भने जोडिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २२:२१

३० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका काठमाडौं जिल्ला अदालतले सोमबार १६ जनालाई सजाय सुनाएको छ ।

प्रकरणका अभियुक्तविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोजन गर्दा सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध, राज्यविरुद्ध कसुर र एकीकृत कसुरहरूमा सजाय मागदाबी गरेको थियो ।

सोही अनुसार जिल्ला अदालतले पनि अभियुक्तपिच्छे फरक-फरक कसुरमा फरक-फरक सजाय निर्धारण गरेको छ । सबै कसुरमा तोकिएको सजाय जोड्दा निकै बढी हुन्छ ।

तर, फैसला कार्यान्वयन हुँदा भने सबै कसुरमा तोकिएको सजाय जोड्ने परम्परा छैन । त्यसैले यो फैसलाअनुसार अभियुक्तहरूलाई कसरी सजाय कार्यान्वयन हुन्छ भन्ने चासो व्यापक छ ।

यसविषयमा अनलाइनखबरले जिल्ला अदालत काठमाडौंका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीसँग कुरा गर्दा उनले एउटै घटना(बारदात)मा फरक–फरक कसुरको मागदाबी भएको अवस्थामा फरक ढंगले कसुर निर्धारण हुने बताए ।

तर, उनका अनुसार सजाय कार्यान्वयन गर्दा भने सबैभन्दा बढी कसुर ठहर भएको कैद सजायमा अरु कैद एकसाथ कार्यान्वयन हुन्छ । बिगो र जरिवाना भने जोडिन्छ ।

‘सामान्यतया ठूलो कसुर कार्यान्वयन हुने र त्यस सिलसिलामा अरु स्वत: कार्यान्वयन हुने अभ्यास छ’, उनी भन्छन्, ‘तर, मुद्दाको कसुर ठहर र सजाय निर्धारणपछि फैसलाको पूर्णपाठ कसरी आउँछ, त्यसको अध्ययनपछि मात्रै सबै कुरा टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?