+
+
Shares

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन चीन प्रस्थान गरेको छ ।
  • असार ३१ देखि साउन १ सम्म सञ्चालन हुने उक्त मञ्चलाई उपसभामुख रुवी कुमारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
  • भ्रमणका क्रममा सिजाङस्थित लिन्ची शहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता हुने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

३१ असार, काठमाडौं । उपसभामुख रुवी कुमारी चीन प्रस्थान गरेकी छन् ।

उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागि सहभागी हुन चीन गएकी हुन् ।

बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् उनी चीन गएकी हुन् ।

प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोगामर अनिशा ढकाल छन् ।

असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने उक्त कार्यक्रममा उपसभामुख ठाकुरले प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता हुने कार्यक्रम पनि रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उपसभामुख नेतृत्वको प्रतिनिधिमण्डल साउन ४ काठमाडौं फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?