+
+
Shares

कानुनमन्त्रीले सभामुखलाई बुझाइन् सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची

१६६ वटा विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसद्‌मा दर्ता गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै मन्त्री सोबिता गौतमले १६६ वटा विधेयकको सूची सभामुख डोलप्रसाद अर्याललाई बुझाएकी छन् ।
  • आजको प्रतिनिधिसभा बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने तथा अर्थसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
  • बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीसहित दुईवटा महासन्धीमाथि छलफल र अनुमोदनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

३१ असार, काठमाडौं । सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

साथै मन्त्री गौतमले सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची सभामुख डोलप्रसाद अर्याललाई बुझाएकी छन् । १६६ वटा विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसद्‌मा दर्ता गर्नेछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको  थियो ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ । अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने बिधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजै अनुमोदन गर्ने कार्यसूची छ । अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, माथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?