News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ संशोधन गरेका छन्।
- संशोधित कार्यविधि अनुसार अब मौद्रिक नीतिलाई तीन भागमा वर्गीकरण गरी प्रस्तुत गरिने भएको छ।
- गत असार १८ गते सञ्चालक समितिले उक्त कार्यविधि संशोधनलाई औपचारिक रूपमा स्वीकृत गरेको छ।
३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको संरचनागत परिवर्तनका लागि मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ संशोधन गरेको पाइएको छ । संशोधित कार्यविधि यही असार १८ गते सञ्चालक समितिले स्वीकृत गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गभर्नर पौडेलले कार्यविधिको संशोधन मार्फत एउटा दस्तावेजको रुपमा आउने गरेको मौद्रिक नीतिलाई ३ भागमा वर्गीकरण गरेका हुन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई गभर्नर पौडेलले मौद्रिक नीति, वर्तमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षमा विभाजन गरेका थिए ।
यसका लागि पौडेलले कार्यविधि नै संशोधन गरेर करिब ३० वर्ष देखि एउटै ढाँचामा आउने गरेको मौद्रिक नीति परिवर्तन गरेका हुन् ।
गभर्नरले कार्यविधिको परिभाषा खण्डमा मस्यौदा थप गरेका छन् । संशोधित कार्यविधिमा उल्लेख छ, ‘मस्यौदा भन्नाले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाको समीक्षा र प्रगति विवरण; समष्टिगत आर्थिक स्थितिको समीक्षा, विश्लेषण तथा विभिन्न आर्थिक सवालहरूको विश्लेषण र मौद्रिक नीति वा समीक्षाको लागि तयार पारिएको प्रारम्भिक ड्राफ्ट गरी तीनवटा दस्तावेजलाई सम्झनु पर्दछ ।’
प्रतिक्रिया 4