+
+
Shares

तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन काठमाडौंमा हुने

२७ बढी देशका ६० पत्रकार नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा आयोजित उक्त सम्मेलनमा २७ देशका ६० जना पत्रकारहरू सहभागी हुने भएका छन् ।
  • विश्व आदिवासी दिवस तथा फोनिजको स्थापना दिवसको अवसरमा हुन लागेको यस सम्मेलनमा मातृभाषा पत्रकारिताको सुदृढीकरणका लागि विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछ ।

३२ असार, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ ।

आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजले जनाएको छ ।

सम्मेलनको उद्घाटन सत्र २४ र २५ साउनमा सञ्चालन हुनेछ भने २६ देखि २७ साउनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया तथा खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन तथा पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?