+
+
Shares

अमेरिकाको मेरिल्यान्डमा खुल्यो नेपाली कला केन्द्र : नृत्य, गायन, भाषा प्रशिक्षण दिइने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास मेरिल्यान्डले बाल्टिमोरमा नेपाली कला केन्द्र सञ्चालनमा ल्याएको छ ।
  • केन्द्रमा नेपाली भाषा, नृत्य र गायनका साथै मौलिक बाजा बजाउने शैलीको प्रशिक्षण दिइने भएको छ ।
  • शनिबार र आइतबार सञ्चालन हुने उक्त कक्षाहरूको उद्घाटन सल्लाहकार अमर छन्त्यालले गरेका छन् ।

मेरिल्यान्ड (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) मेरिल्यान्डले बाल्टिमोरमा नेपाली कला केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा नेपाली भाषा, नृत्य र गायनको कक्षा सञ्चालन गरिने भएको छ ।

आयोजित समारोहमा केन्द्रको शुभारम्भ गरियो । संस्थाकी अध्यक्ष शान्ति भण्डारीले उद्घाटन समारोहलाई अध्यक्षता गरेकी थिइन् भने प्रस्तोताको रुपमा अमृता नेपाल थिइन् ।

राज्य सांसद डेलीकेट डा. ह्यारी भन्डारी र बाल्टिमोर डिस्ट्रिक ७ बाट नवनिर्वाचित डेलिकेट प्रतिस्पर्धी तथा गीतकार सतिश चापागाईं प्रमुख अतिथिको रुपमा सहभागी थिए । सल्लाहकार अमर छन्त्यालले केन्द्रको उद्घाटन गरेका थिए ।

केन्द्रमा कलाकार सारङ्गा श्रेष्ठले नृत्य विधामा प्रशिक्षण दिनेछिन् भने गायनमा कुशल पोखरेल प्रशिक्षक हुनेछन् । नेपाली भाषाको प्रशिक्षण भने इनास मेरिल्यान्डका प्रशिक्षकले नै गर्नेछन् ।

शनिबार र आइतबार कक्षाहरू सञ्चालन हुनेछन् । सो अवसरमा बोल्दै प्रशिक्षकद्वयले नेपाली मौलिक बाजा बजाउने शैली सम्बन्धी पनि प्रशिक्षण दिइने भएको छ ।

सो अवसरमा वक्ताले केन्द्र सञ्चालनबारे शुभकामना दिए । ईनास ग्लोबलका क्षेत्रीय संयोजक राहुल केसी, उपाध्यक्ष विकास घले, ईनास मेरिल्यान्डका संस्थापक लक्ष्मण पौडेल, ईनास पेन्सिलभेनियाका अध्यक्ष अभिषेक थापा, अभिनेत्री पूजा चन्द्र, ग्रेटर बाल्टिमोर होम केयरका सञ्चालक चन्द्र उप्रेती, ब्राइट जोय अडल्ट डे केयरका सह-सञ्चालक पाचा ल्याटोनले शुभकामना दिए ।

सो अवसरमा ईनास मेरिल्यान्ड कार्यसमितितर्फ अध्यक्ष शान्ती भण्डारी, उपाध्यक्ष सारंगा श्रेष्ठ, राजु ढुंगेल सुवास पोखरेल, महासचिव गोपाल भण्डारी, कोषाध्यक्ष स्वरूपा रसाईली सह–कोषाध्यक्ष सृजना कार्की, प्रवक्ता सुशील पंगेनी, सदस्यतर्फ निमा धमला, अमृता नेपाल, उज्वल आचार्य, प्रवीण लामा, पीआर देवकोटा, डेनी केसी, सज्जिव नेपाली उपस्थित थिए ।

ईनास अमेरिकाका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, बाल्टिमोर होम केयरका सञ्चालक गणेश उप्रेती, ईनास मेरिल्यान्डका युवा सल्लाहकार प्रवीण भण्डारी, सल्लाहाकार मास्टर कल्पना कार्की, समाजसेवी तथा आईटी सल्लाहाकार कोसिस भण्डारी, खेम क्षेत्री, समाजसेवी सुदर्शन पौडेल, स्याङ्जा समाजका माहसचिव ज्ञान क्षेत्री, समाजसेवी शालिक वाग्ले, उपाध्यक्ष उज्वल गौतम पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?