+
+
Shares

कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भयो अविश्वासको प्रस्ताव

यज्ञ खत्री यज्ञ खत्री
२०८३ असार ३२ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
  • नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध उक्त प्रस्ताव दर्ता गराएका हुन्।

३२ असार, काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेकपाका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

नेकपाका एघार र कांग्रेसका पाँच जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको नाम प्रस्ताव गरेका छन् ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार नयाँ गठबन्धन बनाउने गरी अविश्वासको प्रस्ताव ल्याएको हो । एमाले नेतृत्वको सरकारबाट बुधबार कांग्रेसका मन्त्रीहरू बाहिरिएका थिए ।

प्रदेश सभामा कांग्रेसका १४ जना सांसद थिए । तर अविश्वासको प्रस्ताव दर्ता गर्दा ५ जनाको मात्र हस्ताक्षर छ । प्रदेश सभाका २५ प्रतिशत सदस्यहरूले अविश्वासको प्रस्ताव ल्याउन मिल्छ ।

प्रदेश सभा सचिवालयका दर्ता गरिएको अविश्वासको प्रस्तावमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री यामलाल कँडेल माथि कर्णाली प्रदेश सभाको विश्वास छैन भनी हामी तपसिलका प्रदेश सभाका सदस्यहरूले नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेश सभा नियमावली, २०७९ नियम १५२ को उपनियम (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गरेका छौं। साथै, नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभाका माननीय सदस्य श्री जीवनबहादुर शाहीलाई प्रस्तावित गर्दछौं।

अतः यो सूचना दर्ता गरी कर्णाली प्रदेश सभा नियमावली, २०७९ नियम १५२ को उपनियम (३) बमोजिमको आवश्यक प्रक्रियाको लागि आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि अनुरोध गर्दछौं।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरूमा  मंगल बहादुर शाही, राज कुमार शर्मा, कृष्ण बहादुर जि.सी., उर्मिला विश्वकर्मा,  कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही,  भिम प्रकाश शर्मा, महेन्द्र के.सी., मिलन खड्का रोका,  रणसिंह परियार, हिकमत बहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र  कृष्ण कुमार वि.सी छन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?