News Summary
Generated by OK AI. Editorially reviewed.- न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारलाई सिफारिश गरेको छ ।
- परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गर्दै राजस्व न्यायाधीकरण र श्रम अदालतका लागि पनि नयाँ अध्यक्षहरू तोकेको छ ।
- श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न परिषद्ले सरकारलाई परामर्श दिएको छ ।
३२ असार काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।
परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट थिए ।
त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरणओ पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ ।
परिषद्ले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4