+
+

कफीले बचाउँछ कलेजो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १६:४७

coffeeभनिन्छ शोधकर्ताहरुले पनि हामी बाँकी सर्वसाधारणले जस्तै अवश्य पनि कफी मन पराउँछन् त्यसैले कफीले स्वास्थ्यमा पार्ने फाइदाको विषयमा पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । तर आफुलाई मन पर्ने भएर मात्र होइन कफी साँच्चीकै लाभदायक हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

बेलायतको नेसनल क्यान्सर इन्स्िटच्युटका शोधकर्ताहरुका अनुसार सामान्य कफी वा क्याफाइन तत्व निकालिएको दुबै खाले कफीको सेवनले मानिसको कलेजोको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

कफी पिउने २७ हजार जना मानिसमा गरिएको सर्भेक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो । कम्तीमा २४ घण्टामा एक पटक कफी पिउने ती व्यक्तिहरुको रगतको नमूना निकालेर त्यसमा कलेजोको कार्यमा असर गर्ने एमिनोट्रान्फेरेज तथा अल्कलाइन फोस्फेटेज इन्जाइमको तह मापन गरिएको थियो ।

त्यसक्रममा दिनमा तिन पटक वा सो भन्दा बढि पटक कफी पिउने मानिसहरुको रगतमा यी इन्जाइमको तह कम पाइयो । यसले कलेजोको स्वस्थपनलाई इंगित गर्छ ।

मुख्य शोधकर्ता डाक्टर जिआओका अनुसार कफीमा हुने क्याफाइन बाहेकका तत्वले कलेजोको स्वास्थ्य प्रबर्द्धन गर्छन् । ती तत्वहरु कुन कुन हुन् भन्ने कुराको पहिचानका लागि थप अध्ययनको आवश्यकता रहेको उनको भनाइ छ ।

साथै अध्ययनले दैनिक रुपमा कफी हल्का कफी पिउनाले मानिसमा मधुमेह, अल्जाइमर तथा पार्किन्सन रोगको जोखिम कम गर्ने तथ्य पनि पत्ता लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?