News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूसँग कारबाही किन नगर्ने भनी लिखित जवाफ माग गरेको छ ।
- अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काम नरोकेको आरोपमा आयोगका पदाधिकारीविरुद्ध अवहेलनाको निवेदन परेको थियो ।
- अदालतको पछिल्लो आदेशपछि आयोगले औपचारिक सूचना जारी गर्दै आफ्ना सबै छानबिनका कामहरू स्थगित गरेको छ ।
३२ असार, काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ ।
अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अवहेलनाको कारबाहीको माग सहित निवेदन परेको थियो । त्यही निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले अध्यक्षसहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो ।
यसैबीच, सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि सम्पत्ति जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4