+
+
Shares

‘लज्जावती’ २९ साउनदेखि प्रदर्शनमा आउने, ‘दिलको मोटर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक भएको छ ।
  • बाबुल गिरीको शब्द र संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवि ओडले स्वर दिएका छन् ।
  • राजबहादुर सानेले निर्देशन गरेको फिल्म २९ साउनदेखि प्रदर्शनमा आउँदै छ ।

काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ युट्युबमा सार्वजनिक भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा बाबुल गिरीको शब्द र संगीत छ । गायनमा सहिमा श्रेष्ठ र रवि ओडले सहकार्य गरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजाल फिचर्ड छन् ।

आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप रोका निर्माता हुन् । दिनेशराज बुढाथोकी कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?