+
+
Shares

भारतमा गुड्यो पहिलो हाइड्रोजन ट्रेन

यो हाइड्रोजन ट्रेनले जिन्द-सोनिपत रुटमा ९० किलोमीटर दूरी तय गर्नेछ। ३ हजार २०० हर्सपावर क्षमताको यस रेल विश्वकै शक्तिशाली हाइड्रोजन ट्रेनमध्ये एक भएको भारतले दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो हाइड्रोजन ट्रेनको औपचारिक उद्घाटन गरेका छन् ।
  • डिजाइन स्पीड ११० किलोमीटर प्रतिघण्टा रहेको यो ट्रेन पूर्णतः वातावरणमैत्री र शून्य कार्बन उत्सर्जन गर्ने खालको छ ।
  • मोदीले १५७ किलोमीटर लामो दिल्ली-अमृतसर-कटरा एक्सप्रेसवे पनि राष्ट्रलाई समर्पित गरे, जसले यात्रा समय निकै घटाउनेछ ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गरेका छन्।

यो ट्रेन जिन्द र सोनिपत बीच सञ्चालन हुनेछ । यस कदमलाई रेल्वे क्षेत्रमा सफा राख्ने र दिगो मोबिलिटीको लागि महत्त्वपूर्ण मानिएको छ।

१२ हजार ४७० करोड रुपैयाँभन्दा बढीका राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गरेका मोदीले १५७ किलोमीटर लामो दिल्ली-अमृतसर-कटरा एक्सप्रेस वे पनि राष्ट्रलाई समर्पित गरे।

यस एक्सप्रेस वेले दिल्ली र कटरा बीचको यात्रा समय १४ घण्टाबाट घटाएर ६ घण्टामा सीमित गर्नेछ।

मोदीले सभालाई सम्बोधन गर्दै भने, ‘विगत १२ वर्षमा भारतीय रेल्वेले ठूलो रूपान्तरण देखेको छ।’

उनले जिन्द अब बीजेपी र एनडीएको सुशासनको मोडल बनेको दाबी गरे।

यो हाइड्रोजन ट्रेनले जिन्द-सोनिपत रुटमा ९० किलोमीटर दूरी तय गर्नेछ। ३ हजार २०० हर्सपावर क्षमताको यस रेल विश्वकै शक्तिशाली हाइड्रोजन ट्रेनमध्ये एक भएको दाबी गरिएको छ ।

रेल मन्त्री अश्विनी वैष्णवले यसलाई ऐतिहासिक उपलब्धि भएको बताए। उनले भने, ‘यो ट्रेन पूर्ण रूपमा वातावरणमैत्री छ र यसमा डिजल वा पेट्रोल चाहिंदैन।’

डिजाइन स्पीड ११० किलोमीटर प्रतिघण्टा भएको यो ट्रेन स्वदेशी प्रविधिमा आधारित छ। यसमा २ हजार ६०० यात्रु अट्ने क्षमता छ। हाइड्रोजन फ्युल सेल प्रविधिबाट चल्ने भएकाले यसले वातावरणमा शून्य कार्बन उत्सर्जन गर्छ।

भारतीय रेल्वेले अब अन्य रुटमा पनि यस्तो प्रविधि विस्तार गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?