+

नेपाल भलिबल लिग : यी हुन् ६ टोलीका मार्की प्लेयर

२०८३ साउन  १ गते १८:०८ २०८३ साउन १ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगका लागि ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर सार्वजनिक गरिएको छ ।
  • मुख्य कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रेस विज्ञप्तीमार्फत खेलाडीको नामावली सार्वजनिक गर्नुभयो ।
  • प्रतियोगिता भदौ १२ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

१ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) का ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर घोषणा गरिएको छ ।

नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रेस विज्ञप्ती जारी गर्दै ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर सार्वजनिक गरेका हुन् ।

सगरमाथा स्म्यासर्सका मार्की प्लेयर हरिहजुर थापा हुँदा मधेश वारियर्सको मार्की प्लेयर रविन नगरकोटी छन् । काठमाडौं रेड्सको सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्सको हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज र खप्तड फाल्कन्सको धिरज बस्नेत मार्की प्लेयर छन् ।

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ ।

त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसंग सम्झौता गरिएको छ ।

केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुने तालिका छ ।

एनभीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय