+

एसियाडको तयारीका लागि उसुको थाउलो टोली चीन जाँदै

२०८३ साउन  १ गते १७:५० २०८३ साउन १ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० औं एसियाली खेलकुदको तयारीका लागि नेपाली उसु थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार खेलाडी टोलीलाई बिदाइ गरेका छन् ।
  • महासचिव नवराज ढुंगानाका अनुसार नेपाली खेलाडीहरूले युनान विश्वविद्यालयमा कम्तीमा एक महिना विशेष प्रशिक्षण लिनेछन् ।

१ साउन, काठमाडौं । जापानको आइची-नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।

खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् ।

एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जाने छन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जनाएका छन् ।

महासचिव ढुंगानाले तत्काललाई खेलाडी १ महिनाका लागि प्रशिक्षणमा रहने बताउदै थप १ महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए । उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरे ।

कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसंग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए ।

उसु थाउलो टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय