+
+
Shares

रौटहट जिल्ला अदालतबाट हतकडीसहित चोरी मुद्दाका थुनुवा फरार

अदालत पुर्‍याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८३ साउन १ गते १७:१२

१ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।

अदालत पुर्‍याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनको व्यापक खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?