News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले बजेट अभावमा चुरे संरक्षणका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो ।
- मधेशमा सुक्खा समस्या समाधान गर्न चुरे क्षेत्रमा निर्माण भइरहेका साना पोखरीले पानी सञ्चयमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
४ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले चुरे क्षेत्रमा संरक्षणमा आवश्यक बजेट विनियोजन नभएको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै चुरे पहाड संरक्षणका लागि विभिन्न अभियान तथा कार्यक्रमहरू सञ्चालन भइरहे पनि पर्याप्त बजेटको अभावमा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताए ।
समितिले मधेश तथा बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुमन गरेको थियो ।
अनुगमनको समिक्षा छलफलमा सहभागी भएका सांसद पोर्तेलले मधेश प्रदेशको बढ्दो सुख्खा समस्या समाधानका लागि चुरे संरक्षण कार्यक्रममार्फत पानी सञ्चयका साना पोखरी निर्माण भइरहेको जानकारी अनुगमनका क्रममा प्राप्त भएको बताए ।
‘चुरे क्षेत्र संरक्षणको सन्दर्भमा काम गर्नुपर्ने कुराहरू धेरै भएको तर न्युन मात्रामा बजेट विनियोजन भएको कुराहरू आएको छ । चुरे संरक्षणका सन्दर्भमा मुख्यगरी पानीलाई कसरी सिञ्चित गर्ने र मधेश प्रदेशमा जुन सुक्खाको समस्या छ त्यसलाई समाधान गर्नको लागि चुरे संरक्षण कार्यक्रमको तर्फबाट भइरहेको कामहरूबारे अनुगमनको क्रममा जानकारी भएको छ,’ उनले भने ।
उनले वर्षाको पानी तत्काल बग्न नदिई पोखरीमा संकलन गरेर जमिनभित्र सोस्ने गरी पोखरी निर्माण गर्ने कार्य सह्रानीय भएको समेत बताए ।
‘चुरे पहाडलाई पानीको आपूर्ति दिनको लागि सानासाना पोखरीहरू निर्माणको कार्य समेत भइरहेको रहेछ । जसले गर्दा पानी परेको समयमा पानी बगेर जानुको सट्टा पानी त्यो पोखरीमा जम्मा हुने र पहाडले विस्तारै सोसेर पहाडमा सुक्खा हुन नदिनको लागि त्यस्तो गरिएको रहेछ,’ सांसद पोर्तेलले भने, ‘चुरे संरक्षणको सवालमा सानो खर्चले धेरै उपलब्धि हासिल गर्न सकिन्छ जस्तो मलाई लाग्दैन । यद्यपि खाल्डो मात्र खनेर आकाशको पानीलाई पहाडमा भिज्न दियो भने केही हदसम्म सहयोग पुग्नसक्छ ।’
प्रतिक्रिया 4