+
+
Shares

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको सिद्धलेक गाउँपालिका-३ मा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
  • श्रेष्ठलाई गएको साँझ साढे छ बजे स्थानीयको मकैबारीमा अचेत अवस्थामा फेला पारिएको थियो ।
  • जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र विस्तृत विवरण आउन बाँकी छ ।

८ साउन, काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।

उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?