+
+
Shares

स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन् ।
  • अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले राज्यकोषमा अनावश्यक भार पर्ने भन्दै उक्त निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
  • सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालय र प्रतिनिधिसभालाई विपक्षी बनाइएका यी निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

८ साउन, काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन् ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् ।

स्वकिय सचिव राख्नदिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै उनीहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधिसभा लगायतलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च अदालतले दुवै निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?