+
+
Shares

शिक्षक सरुवा विवाद : विद्यार्थी र अभिभावकले लगाए गाउँपालिकामा ताला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको परिवर्तन गाउँपालिकामा शिक्षक सरुवाको विरोध गर्दै विद्यार्थी र अभिभावकले गाउँपालिकाको कार्यालयमा ताला लगाएका छन् ।
  • विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घर्ती मगरका अनुसार प्रधानाध्यापक कृष्णराम डाँगीलाई अन्यत्र सरुवा गरिएपछि प्रदर्शनकारीहरू आन्दोलित भएका हुन् ।
  • प्रदर्शनकारीले शिक्षकको पुनर्बहाली गरी विद्यार्थीको पढाइ सुनिश्चित गर्न माग गर्दै प्लेकार्डसहित गाउँपालिका कार्यालयमा नाराबाजी गरेका छन् ।

८ साउन, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा विद्यार्थी र अभिभावकले ताला लगाएका छन् ।

परिवर्तन गाउँपालिका-५ पुतलाचौरमा रहेको त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकले शुक्रबार गाउँपालिकामा ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घर्ती मगरले बताए ।

शिक्षक सरुवा गरिएको विरोधमा उनीहरूले नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी-अभिभावकको माग पूरा गर, विद्यार्थीको पढाइ सुनिश्चित गर, शिक्षकको पुनर्बहाली गर लगायतका प्लेकार्ड बोकेर उनीहरू गाउँपालिकाको कार्यालय पुगेका थिए ।

गाउँपालिकाले सो विद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक कृष्णराम डाँगीलाई नेपाल राष्ट्रिय माविमा काज फिर्ता गरेको थियो । डाँगी त्रिवेणी आधारभूत विद्यालयमा २०७६ सालदेखि काजमा कार्यरत थिए ।

त्रिवेणी आधारभूत विद्यालयलाई गाउँपालिकाले ९ वैशाख २०८३ देखि कक्षा-१० सञ्चालन गर्न अनुमति दिएको थियो ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगर बिरामी छन् । उनी उपचारका लागि काठमाडौ गएका छन् । प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, प्रशासन शाखा प्रमुख ललितकुमार बुढा पनि बिदामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?