News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले शनिबार एकैदिनमा १ करोड २७ लाख रुपैयाँभन्दा धेरै ग्रस कमाइ गरेको छ।
- निर्माता सुमन गिरीले शनिबार मध्यरातसम्म फिल्मको कुल कमाइ डेढ करोड रुपैयाँ पुग्ने अनुमान गरेका छन्।
- सकारात्मक समीक्षाका कारण फिल्मले प्रदर्शनको ९ दिनमा साढे ६ करोड रुपैयाँ सङ्कलन गर्ने प्रक्षेपण गरिएको छ।
काठमाडौं । प्रदर्शनरत फिल्म ‘गौंथली’ ले शनिबार एकैदिनमा १ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । बक्सअफिस एपमा फिल्मले २ बजेसम्म १ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी निर्माता सुमन गिरीले दिए ।
विशेषगरि काठमाडौंदेखि पश्चिमको नेपालगञ्जसम्मका हलमा कपिल रिजाल निर्देशित फिल्मको शनिबारीय अकुपेन्सी उच्च देखिएको छ । यो ‘फुट-फल’ धेरैपछि सम्भव भएको हो ।
निर्माता गिरीका अनुसार आज शनिबार मध्यरातसम्मको कुल एकदिने कमाइ डेढकरोड रुपैयाँ ग्रससम्म पुग्ने अनुमान छ । प्रदर्शनको ९ दिनसम्मको कूल कलेक्सन भने साढे ६ करोड पुग्ने प्रक्षेपण निर्माता गिरीले गरे ।

सकारात्मक ‘वर्ड अफ माउथ’को गति कायम रहे फिल्मले निकट भविष्यमा १० करोडको आँकडा पार गर्ने आशा निर्माता गिरीको छ ।
आइतबार समेत सार्वजनिक बिदा भएकाले ‘गौंथली’को कमाइमा बढोत्तरी हुनसक्ने प्रक्षेपण छ । यद्यपि, औपचारिक अंक र विवरण भने चलचित्र विकास बोर्डले सप्ताहन्तपछि सार्वजनिक गर्ने आशा गरिएको छ ।
यो सोसल ड्रामा फिल्म शुक्रबारदेखि डायस्पोराको ठूलो बजार अमेरिकामा रिलिज भएको छ । त्यहाँका २६ राज्यमा रिलिज भएको फिल्मको ओपनिङको हिसाब आउन बाँकी छ ।
प्रतिक्रिया 4