+
+
Shares

धुलिखेलको एक होटलमा लाइन सट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको धुलिखेलस्थित हिमालयन दृष्य होटलमा स्पिकरको लाइन सर्ट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२१ सतुङ्गलका ३० वर्षीय डेनिष प्रधान रहेको प्रहरीले जनाएको छ ।
  • फोटो खिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका प्रधानको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

९ साउन, काठमाडौं । काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?