+
+
Shares

आगामी गीतमा सुशान्त केसी र साकारको ‘कोल्याब’ पक्का

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवापुस्तामा लोकप्रिय गायक सुशान्त केसी र साकारले ‘प्राइजलेस’ शीर्षकको नयाँ गीतमा सहकार्य गर्ने भएका छन् ।
  • लिलबुद्ध नाम परिवर्तन गरेका साकारले हालै एक रेकर्डिङ स्टुडियोबाट सुशान्तसँगको सहकार्यको जानकारी दिएका हुन् ।
  • साकारले केही दिनअघि आफूले ठूला सांगीतिक प्रोजेक्टहरू ल्याउने संकेत गरेका थिए ।

काठमाडौं । युवापुस्तामा रुचाइएका गायकद्धय सुशान्त केसी र साकारले सांगीतिक सहकार्य गर्ने भएका छन् । लिलबुद्ध नाम त्याग्ने घोषणा गरेको केही दिनमै साकारले आगामी गीतका लागि आफू र सुशान्तबीच सहकार्य हुन लागेको जनाए ।

आगामी गीतको नाम ‘प्राइजलेस’ हुने साकारले जनाएका छन् । गीत चाँडै दर्शकमाझ आउने घोषणा उनले गरे ।

प्राप्त तस्वीरमा यी दुईजनालाई एक रेकर्डिङ स्टुडियोमा देख्न सकिन्छ । केही दिनअघिको एक पोस्टमा साकारले आफूले अब ठूला प्रोजेक्ट लिएर आउने जनाएका थिए ।

साथै, एक चर्चित कलाकारसँग सहकार्य हुने संकेत समेत उनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?