१० साउन, सप्तरी। नेपाली कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सूचीकृत मतदाता सक्रिय सदस्य बनेका छन्।
राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले जिल्लामा हाल २१ हजार ३१ जना सूचीकृत मतदाता सक्रिय सदस्य बनेको जानकारी दिए ।
उनका अनुसार यसअघि जिल्लामा करिब ९ हजार सक्रिय सदस्य थिए । तीमध्ये ६ हजार जनाले मात्र सदस्यता अद्यावधिक गराएका छन् ।
सभापति साहले १५ हजार ३१ जना सूचीकृत मतदाताले अनलाइन प्रणालीमार्फत नयाँ सक्रिय सदस्यता लिएको बताए । सदस्यता अद्यावधिक नगर्ने केही व्यक्ति अन्य दलमा गएको हुन सक्ने तथा विभिन्न कारणले सदस्यता नवीकरण गर्न नसकेको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरीका केन्द्रीय पर्यवेक्षक रामपलटन साहले पार्टीले अनलाइनमार्फत सदस्यता अभियान सञ्चालन गर्दा १५ हजारभन्दा बढी नयाँ सदस्य आबद्ध हुनु कांग्रेसप्रति जनविश्वास र लोकप्रियता अझै कायम रहेको संकेत भएको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा निर्वतमान प्रतिनिधि सभ सदस्य दिनेश कुमार यादवले पनि पार्टीभित्र कुनै विवाद नभएको ‘जिल्ला तहमा हामी एक भएर अघि बढिरहेका छौं’ उनले बताए ।
प्रतिक्रिया 4