+
+
Shares

गोपालमान श्रेष्ठ बने कांग्रेसको वरिष्ठ नेता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताका रूपमा चयन गरिएको सार्वजनिक रूपमा घोषणा गरेका छन्।
  • क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति र उपसभापतिलगायतका जिम्मेवारी सम्हालेका थिए।
  • श्रेष्ठले यसअघि पार्टीको विशेष महाधिवेशन हुनुपर्ने पक्षमा आफ्नो स्पष्ट धारणा राख्दै आएका थिए।

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् ।

बिहीबार काठमाडौं भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् ।

विशेष महाधिवेशनको पक्षमा खुलेका श्रेष्ठ हाल उपचारका क्रममा छन् । उनी क्यान्सर रोगबाट पिडित छन् । हाल नेपालमा उपचाररत श्रेष्ठको केही समय अघि भारतमा समेत उपचार भएको थियो ।

पूर्व सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय कार्य गरेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापति लगायका पदीय भूमिकामा समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?