+
+
Shares

एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै क्रममा सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
  • व्यवस्थापन संकायको डीन कार्यालयले परीक्षाको मर्यादा र विश्वसनियतामा प्रश्न उठेकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • गत ८ साउनमा एमजीटी विषयको परीक्षा चलिरहेकै अवस्थामा प्रश्नपत्र बाहिरिएको थियो।

१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।

‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

८ साउनमा एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?